Gold
Bangad salyan

विद्यार्थी भर्ना गराउन महेन्द्र माविका शिक्षकहरु घर दैलो अभियानमा जुटे

वैशाख १५

काठमान्डौ – सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडान ११ भित्र रहेको महेन्द्र माविले सेवाक्षेत्रका विभिन्न बस्तिहरुमा घरदैलो अभियान कार्यक्रम सुरु गरेको छ।

विद्यालयमा पठन पाठन गराउने शिक्षकहरु उक्त अभियान कार्यक्रममा जाने छन्। विद्यालयमा अहिले भर्ना अभियान पनि चलिरहेको छ।

अभिभावकहरुलाई छोरा छोरी विद्यालय पठाईदिन आग्रह गर्दै विद्यालय परिवारले सो अभियानमा घर दैलो अभियान सुरु गरेको जनाएको छ। महेन्द्र मावि माझकाँडा गाविसको पहिलो माध्याविक विद्यालय हो। उक्त विद्यालय हाल कक्षा १० सम्म संचालन भैरहेको छ।