Gold
Bangad salyan

पुर्ण खोप सुनिस्चिता तथा दिगोपना पालिका घोषणमा जिल्लाकै पहिलो बन्यो बनगाड नगरपालिका

सल्यान – सल्यान बनगाड कुपिन्डे नगरपालिकामा पुर्ण खोप सुनिस्चिता तथा दिगोपना पालिका घोषण कार्यक्रम सम्पन्न भएको छ। जस्मा जिल्लाबाटै बनगाड कुपिन्डे नगरपालिका प्रथम भएको छ।

पालिकाका १२ वटै वडाबाट खोप सुनिस्चितता गर्दै बनगाड कुपिन्डे नगरपालिका सफल भएको छ।जिल्ला खोप समन्वय समिती सल्यानले दशवटै पालिकालाई पुर्ण खोप सुनिश्चितता कार्यक्रम दिएको थियोे ।

जस्मा बनगाड कुपिन्डे नगरपालिका पहिलो सफल भएर आज जिल्लामा घोषणा गरिएको हो। बालबालिकालाई १५ महिना भित्रमा दिनु पर्ने खोप सबै बालबालिकाले पाउनु पर्ने हुन्छ। जस्मा १३ वटा रोगविरुद्दको खोप दिइने गरिन्छ।

नेपाल सरकारले अन्तर्राष्ट्रियसंग गरेको खोप प्रतिबद्धतामा विभिन्न जस्तै पोलियो ,जापनिज इन्सेफलाइटिस , भ्यागुते, धनुस्टन्कार लगायतका आदि रोगहरु छन।सरकारले देशभरमा प्रतेक जिल्लाका स्थानीय गाउँ घरमा  बाल मृत्युु र अपाङ्गता घटाउने , समाजमा सचेतना अभिवृद्धि गर्ने लागयतका कार्यक्रम गरिरहेको छ।

तर पनि जनचेतनाको कमिले धेरैले खोप छुट्याइएको देखीएपछि बालबालोकाको जिबनमा अपाङ्गता फेला पर्ने गरेका छन।यस्ता घटना नहुन दिन सरकारले प्रतेक स्थानीयको स्वास्थ्य साखालाई घर धुरी सर्वेक्षण गर्दै उजागर गरेको देखिन्छ। जेठ ८

 

यो पनि आज बनगाड कुपिण्डे नगरपालिकाको सभा हलमा जिल्ला खोप समन्वय समिति र नगरपालिकाको खोप समन्वय समितिको सहआयोजनामा सम्पन्न एक भव्य कार्यक्रमका बीच बनगाड कुपिण्डे नगरपालिकालाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा एवं प्रमाणीकरण गरिएको छ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख श्री बेलराम रावलको अध्यक्षता तथा वनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख एवं पालिका खोप समन्वय समितिका संयोजक श्री कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत श्री बासुदेव पोख्रेलज्यूले गर्नुभएको थियो।

घोषणा सभामा नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यज्यू, जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीज्यू, १२ वटै वडाका वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यू, स्वास्थ्य कार्यालय सल्यानका खोप फोकल पर्सन जनस्वास्थ्य अधिकृत श्री तारा रिजालज्यू, विषयगत शाखाका कर्मचारी, स्वास्थ्य सेवा कार्यालय सल्यानका कर्मचारी, १८ वटा स्वास्थ्य संस्थाका कर्मचारी, विद्यालयका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका लगायत विभिन्न निकायका प्रतिनिधिज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्द्रप्रकाश ओलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वास्थ्य शाखा प्रमुख श्री नवीन चौधरीज्यूले पूर्णखोपको परिभाषा, महत्व, वर्तमान अवस्था, स्थानीय तहका चुनौती र सफलताहरू, खोप ऐन २०७२, पूर्णखोप सुनिश्चितता तथा दिगोपना रणनीति, घरधुरी सर्वेक्षण, प्रमाणीकरण प्रक्रिया, नमुना सर्वेक्षण तथा अभिलेखीकरण र प्रतिवेदन प्रक्रियाबारे विस्तृत जानकारी गराउनुभएको थियो।

यस अवसरमा नगरपालिकाका प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृ, उपप्रमु तथा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्णखोप सुनिश्चितता अभियानलाई दीगो र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुनु सम्पूर्ण नगरवासीका लागि गौरवको विषय हो। यस सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा आम नगरवासीप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको हो।