Gold
Bangad salyan

नगरप्रमुख कर्णबहादुर बुढाथोकिद्वारा महेन्द्र मावि बिद्यालयका बालबालिकालाई पिफल कार्पेट हस्तारण

जेठ ८

सल्यान – बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकि छहारीले महेन्द्र मावि आँपचौर बिद्यालयमा पुगेर बालबालिकालाई बसाई व्यबस्थापन र पठनपाठनको लागि पिफम, कारपेट कुशम,पुस्तक हस्तारण गरेका छन्।

हिजो महेन्द्रमावि विद्यालयका प्रधानध्यापक खुम प्रसाद बस्नेत ,नन्दलाल बुढा , जित बहादुर बिक , दल बहादुर घर्ति लगायतको शिक्षक शिक्षिकाको टिमलाई उक्त सामान हस्तारण गरेका हुन् । बालबिकाश देखी कक्षा ३ सम्म का बिध्यार्थीलाई उक्त सामानहरु प्रयोगमा आउने छन्।

उक्त सामा ८ वटा मावी ३ वटा आधारभुत बिध्यालयमा पुगि पुगिसकेको छ। बसाई पठनपाठनकोलागी सामान व्यबस्थापपन
आधारभुत रुम टुको रिड र नगरपालिकाको आधा सहकार्यमा उक्त समान उपल्ब्ध गराईएको हो।

६-८ का सबै बिध्यालयमा पुगेको र  १-५ चलेका सबै बिध्यालयमा पुर्याउने कार्य भैरहेको नगरप्रमुख बुढाथोकीले जनाए । यस्तै टेबुल दराजको लागि टेन्डर अगाडि बढाइएको पनि उनले बताए ।

त्यस्तै हिजो नै वडा न १० को भगावति आधारभूत विद्यालय माझकाँडाकाको विद्यालयलाई पनि सोहि सामान उपलब्ध गराईएको छ। नगरप्रमुख बुढाथोकिले पछील्लो समय नगरभित्र रहेका प्रतेक विद्यालयमा शैक्षिक सुधारको लागि अनुगमन गरिरहेका छन्। उनको कार्यकाल देखि विद्यालयमा सुधार आएको स्थानीय देखि विद्यार्थी शिक्षकहरुले बताउने गरेका छन्।