नेपालले गर्यो खराब प्रदर्शन ९५ रनमा अलाउट ,,

भदौ १९ , काठमान्डौ – मलेसियामा जारी एसीसी एसिया कप क्रिकेट छनोट खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । हङकङ विरुद्द खेलेको नेपालले ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्रै बनायो । । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई जम्मा ९६ रन्को पित्को लक्ष्य दिएको छ ।पहिलो ओभरको दोस्रो बलमा नै सुवास खकुरेलको रुपमा पहिलो विकेट गुमाउपछि अक्,चिन्तामा परेको नेपालको ब्याटिङ लाइन चल्न सकेन ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन जोडे । अनील कुमार शाहले १५, पारस खड्काले १४, ज्ञानेन्द्र मल्लले ११ र वसन्त रेग्मीले नटआउट १५ रन जोडे ।अघिल्ला खेलमा राम्रो प्रदर्शन गरेका दीपेन्द्र एेरी २ रनमै पेभिलियन फर्किए । आठौं विेकटका लागि आरिफ शेख र वसन्त रेग्मीले गरेको ३४ रनको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी रह्यो । हङकङका लागि इसान खान एक्लैले नेपालको ४ विकेट लिए ।