चीनले म्यानमारमा बन्दरगाह बनाउने ,
कार्तिक २४ काठमाडौं – चीनले म्यानमारमा बन्दरगाह बनाउन भयाको छ। ,बन्दरगाहको लागि भनेर अबौं डलरको डिल गरेको छ । यो बन्दरगाह क्याप्यू शहरमा बनाइनेछ,। जुन बंगालको खाडीबाट अलग भएको छ । लगानीबारे सहमति जुटेपछि दुई देशले सहमतिमा हस्ताक्षर गरेका छन् ।
ग्लोबल टाइम्सका अनुसार परियोजनामा चीनले ७० प्रतिशत लगानी गर्नेछ भने बा“की ३० प्रतिशत म्यानमारले जुटाउनेछ । सुरमा म्यानमारले १५ प्रतिशत मात्र लगानी गर्ने प्रस्ताव गरिएको थियो ।तर, पश्चिमी राखिन राज्यका स्थानीय र म्यानमारका धेरैले त्यसको विरोध गरे । यो देशका लागि अनुचित हुुने मत बलियो देखिएपछि म्यानमार सरकार लगानी बढाउन तयार भएको हो ।
बेल्ट एण्ड रोड प्रोजेक्ट अन्तरगत हिन्द महासागरमा आफ्नो उपस्थिति बलियो बनाउन लागेको चीनले बन्दरगाह निर्माण गरिरहेको छ ।यसअघि चीनले पाकिस्तानको ग्वादर बन्दरगाह विस्तार थालेको थियो भने श्रीलंकाको हन्बनटोटा बन्दरगाह ९९ वर्षका लागि भाडामा लिएको छ ।बंगलादेशको चिटगोङ बन्दरगाहका लागि पनि चीनले आर्थिक सहयोग गरेको छ । चीनले छिमेकी देशहरुमा बनाउन लागेको यो तेस्रो बन्दरगाहा हो बन्दरगाहा निर्माण हुन लागे पछि भने भारतले चिन्ता ब्यक्त गरेको छ।