surkhet

सवारी लाइसेन्सको आवेदन भोलिदेखि खुल्ने ,,

surkhet

मंसिर,६ काठमाडौं – एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन भोलि विहिबारबाट खुल्दैछ ।चाडपर्वका कारण बन्द रहेको नयाा आवेदन, ट्रायल, रिट्रायल भोलि विहान १० बजेबाट शुचारु गर्ने यातायात व्यवस्था विभागको तयारी छ ।

हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले भोलि १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् ।वेबसाइटलाई सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिएकाले हाल एसएसएलमा नखुल्ने विभागका इञ्जीयनियर केशवराज गौतमले जानकारी दिए ।

Gorkha

उनका अनुसार आवेदकले एचटिटीपिएस हटाएर सिधै डब्लुडब्लुडब्लु डिओ टिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) लगइन गर्नुपर्नेछ ।काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक-एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् ।

Dailekh

विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।ट्रायल पास गरेको वर्षदिनसम्म पनि स्मार्ट लाइसेन्स नपाउनेको संख्या ६ लाख भन्दा बढी छ ।तर, छपाइको काम सुस्त हुादा ट्रायल पास गरेकाले पनि लाइन्स पाउन सकेका छैनन् ।

 

salyan