सुनामीमा परि इन्डोनेसियामा मृत्यु हुनेको संख्या एक सय ६८ पुग्यो ,,

पुस ८ ,बीबीसी – इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण मृत्यु हुनेको संख्या एक सय ६८ पुगेको छ । सातसए भन्दा बढी घाईते भएको र थुप्रै हराईरहेको बिबिसीले उल्लेख गरेको छ  ।

शनिबार रातिको ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको सुन्दा स्ट्रेटमा सुनामीमा आएको थियो । प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, ।

दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् । मृतकको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ । सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ ।पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ ।