
इन्डोनेशिया सुनामीमा मृत्यु हुनेको संख्या ४ सय २९ पुग्यो ,
पुस १० ,एजेनसी – इन्डोनेशियामा ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।
घटनाको सुरुमै २ सय जनाको मृत्यु भएको समाचार आए पनि निरन्तर विस्फोट र सुनामीका कारण मृत्यु हुनेको संख्या बढ्न थालेको हो । सुनामीका कारण १६ हजार भन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यस्तै १ सय भन्दा बढी वेपत्ता रहेको बताइएको छ ।
सुनामी दोहोरिनसक्ने भन्दै यहाँको सरकारले समुद्री किनारका मानिसहरुलाई सुरक्षित स्थानतर्फ जान सुझाव दिएको छ । पछिल्लो पटक सुमात्रा र जाभा क्षेत्रनजिकै ज्वालामुखी विस्फोट भएको पुष्टि भएको छ ।