Gold

अरुको नाममा लाइसेन्सको ट्रायल ,,

Naumule Migrate

पुस,२५ वीरगञ्ज – दोश्रो व्यक्तिको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने मकवानपुरको मनहरी गाउँपालिका ७ निर्मलबस्ती बस्ने प्रेम सुनारलाई पक्राउ परेका छन् । प्रहरीले आफ्नो सट्टामा अरुलाई ट्रायल परीक्षा दिन लगाउने विवेक विश्वकर्मालाई समेत पक्राउ गरेको छ ।

उनले निर्मलबस्तीकै विवेक विश्वकर्माको सट्टामा मोटरसाइकलको लाइसेन्सका लागि ट्रायाल परीक्षा दिँदै गर्दा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको थियो ।

दुवै जनालाई मुलुकी फौजदारी संहिता अन्र्तगत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।उनलाई वीरगञ्जस्थित कार्यालय महानगरपलिका २३ स्थित भेहिकल एण्ड ड्राइभिङ सोलुसन प्रालिद्वारा सञ्चालित ट्रायल सेन्टर बाट पक्राउ गरिएको हो ।

 

Naumule Badhipahiro