Gold
Bangad salyan

सांसद ध्रुब कुमार शाहीको पहलमा लकडाउनले भारतमा अलपत्र परेका नेपालीलाई राहत उपलब्ध ,

वैशाख ११ ,भारत – माननीय धुर्ब कुमार शाहीले लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालि नागरिकलाई खाद्यनको लागि नेपालि राजदुतावासमा पहल गरेका छन् ।

भारत स्थित नेपाली राजदुतावासमा माननीय ध्रुब कुमार शाहीले राहतको लागी पहल गरि सुर्खेत भेरीगङ्गा नगरपालिका ८ का नेपाली परिवारलाई गुजरातमा राहत उपलब्ध गराउन माग गरेका हुन् ।

भारतको गुजरात अहमदाबादमा काम गर्ने सिलसिलामा सुर्खेत भेरीगङ्गा नगर पालिका ८ का केहि नेपाली परिवार लकडाउनका कारण अन्यत्र बस्दै आएका थिए ।

अलपत्रम परि खान बस्न समस्या परेपछि उनीहरुले सुर्खेत क्षेत्र १ का माननीय ध्रुव कुमार शाहीलाई खबर गरेका थिए ।

शाहीले राजदुतावासमा बुधबरा १० गते फोन गरेपछि अहमदाबादको स्थानीय प्रशासनले उनिहरु बस्दै आएको ठाँउमा सम्पर्क गरि खाद्यन संगै अन्य दैनिक उपभोग्य वस्तु महिना भरिको लागि उपलब्ध गराएको हरि महरले जानकारी दिएका छन् ।

प्रशाशनले आगामी दिनमा समेत सहयोग गर्ने बताउदै उनीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको पनि महरले जानकारी दिए ।