Gold
Bangad salyan

सल्यानका पोखरामा अलपत्र नागरिकलाई उद्दारपछि आजै सम्बन्धित स्थानमा पुर्याईयो ,

वैशाख ११ ,काठमान्डौ – सल्यान जिल्लाबाट भिन्न जिल्लामा मजदुर गर्न पुगेका नागरिकको उद्दार गर्ने क्रम अझै जारि छ ।

कोरोना भाईरसको संक्रमण तथा नियन्त्रण रोक्न नेपाल सरकारले गरेको जारि लकडाउनमा अलपत्र परेका सल्यान बागचौर र कुमाख गाउँपालिकाकालाई पोखराबाट उद्दार गरिएको छ ।

सल्यानका पर्वत, लमजुुङ र पोखरामा अलपत्र परेका नागरिकलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार गोविन्द नेपाल, कास्की सहायक प्रमुख जिल्ला अधिकारी श्रीराम ढकाल संग समन्यव मार्फत उद्दार गरि उनिहरु आजै सल्यान पुगेका छन् ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वालाले सहजीकरण
गरिदीएपछि नागरिकको उद्दारमा आर्थिक समेत नपुग्दा व्यवस्थापन मोहन विस्ट,आरजुले गरिदिएका कर्णाली प्रदेश सरकारका राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले जानकारी दिएका छन् ।