Gold
Bangad salyan

कोरोना महामारीको बिचमा रिपोर्टिङ गर्ने पत्रकारलाई गाउँपालिका इकाई समितिद्वारा चाउ,चाउ उपलब्ध ,

वैशाख ११ ,नवलपरासी – जिल्लाको पश्चिम नेपालि कांग्रेस पाल्हिनन्दन गाउँपालिका इकाई समितिले कोरोना महामारीको बीच रिपोर्टिङ गरिरहेका पत्रकारलाई खाजा स्वरुप चाउ चाउ र पानि उपलब्ध गराएको छ ।

समितिले नेपाल पत्रकार महासंघलाई ४० कार्टुन चाउ चाउ ४० कार्टुन पानि उपलब्ध गराएको हो ।

उपलब्ध भएको खाजा पत्रकार महासंघ संग आवद्द पत्रकारहरुलाई वितरण गरिने महासंघका अध्यक्ष हरि शर्माले बताए ।

तेस्तै नवलपरासी पश्चिम नेपाल पत्रकार महासंघले वितरण गर्ने खाजा स्वरुप आफुले नलिने संचारकर्मी रविन्द्र यादवले बताएका छन् ।

यादवले भनेका छन् ,मेरो साटो क्रियाशील पत्रकार र भोक भोकै बस्ने नागरिकलाई मैले पाउने खाजा उपलब्ध गराईदिनु होला ।

महासंघका अध्य्क्ष हरि शर्मा लगायत सहयोगी समितिलाई धन्यवाद गर्दै यादवले आफ्नो हक अरुलाई दिने इच्छा रहेको सामाजिक संजाल मार्फत ब्यक्त गरेका हुन् ।