Gold
Bangad salyan

गुर्भाकोट नगरपालिकाभित्र संचालित सुन चाँदी व्यवसायीद्वारा कोरोना राहत कोषमा २६ हजार जम्मा ,

वैशाख २१ काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिकाभित्र संचालित सुन चाँदी व्यवसायीको सहयोगमा नगरपालिकाको राहत कोषमा रु २६ हजार आर्थिक जम्मा गरिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी संघ उपसाखा मेहेलकुनाको पहलमा व्यवसायीले उक्त रकम नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा जम्मा गरेको अध्यक्ष नर बहादुर सुनारले जानकारी दिए।

नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख हस्त पुन र नगर उपप्रमुख मैना बिकलाई सो रकम हस्तान्तरण गरेको अध्यक्ष नर बहादुर सुनारले बताए ।

विश्वमै महामारीको रुपले आतंक फैलाएको कोभिड १९ को प्रतक्ष असर नेपालमा पनि देखिन सुरु गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले नेपालमा लकडाउन जारि गरेको छ ।

लकडाउनमा परि छाक टार्न मुस्किल रहेका अति विपन्न नागरिकलाई राहत स्वरुप कोषमा रकम जम्मा गरिएको अध्यक्ष नर बहादुर सुनारले रंग दर्पणलाई जानकारी दिए ।