Gold
Bangad salyan

पाकिस्तानले जासूसी गर्न पठाएको तालिमप्राप्त परेवालाई भारतले नियन्त्रणमा लियो ,

जेठ १४ ,नँयादिल्ली – पाकिस्तानले भारतमा जासुसी गर्न पठाएको हुनसक्ने भन्दै विवादित सिमाक्षेत्रबात भारतले तालिमप्राप्त परेवालाई नियन्त्रणमा लिएको छ।

परेवालाई भारतले गत आईतबार भारत प्रशासित कश्मीर र पाकिस्तान प्रशासित कश्मीरलाई अलग बनाउने एक अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

हालै सार्वजनिक एक रिपोर्टका अनुसार उक्त परेवाको खुट्टामा औँठी जडान थियो भने गुलाबी रंगले पोतीएको थियो।

परेवाको खुट्टामा औंठी रहेको हुनाले पाकिस्तानले जासुसीको लागि पाठाएको हुनसक्ने प्रहरी श्रोतले जनाएको छ।

परेवा कहाँबाट आएको भने टाइम्स अफ इन्डियाले पानी खुलाको छैन। पाकिस्तानको भूमिबाटनै उडेर आएको सबैले अनुमान गरेका छन्।

सिमानाम समुद्र पार गरेर चरा उडेर आएपानी यो परेवामा औंठी जोडिनु र गुलाबी रंगले पोतीनुमा अनुसन्धान भईरहेको स्थानीय प्रहरी निरक्षिक शैलेन्द्र मिश्रले बताए ।

सन् २०१५ अधिकारीहरुले उर्दुमा लेखिएको कागजी सन्देश बोकेको एउटा चरा समातेका थिए । स्काइ न्युजका अनुसार २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की सहितको सन्देश पठाएका चरा समातिएका थिए ।

टाइम्स अफ इन्डियाका अनुसार कहिलेकाहीँ बेलुनमा सन्देश लेखिएका चराहरु सीमापार पठाउने चलन यसअघि पनि थियो ।