जागिरबाट निकालेको भन्दै अस्पतालका कर्मचारीले आफ्नो शरीरमा लगाए आगो ,
जेठ २६ ,काठमान्डौ – जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा अस्पतालका एकजना कर्मचारीले आफ्नो शरीरमा आफै आगो लगाएका छन्।
साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले बताए ।
अस्पतालले केहि समयअघि आर्थिक संकट परेको भन्दै कर्मचारी हटाएको थियो ,उनि अस्पतालको सरसफाईमा का गर्ने गर्दथे ।
आफ्नो जागिर गुमेपछि आउजी तनाबमा थिए ।आफ्नो शरीरमा आगो लगाउनुको प्रमुख कारण जागिरबाट निकालिनु हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
थप अनुसन्धान भैरहेको छ , अहिले उनलाई उपचारको लागि हेलिकोप्टरमार्फत कोहोलपुर पठाईएको छ।

