गुर्भाकोट नगरपालिका ९ मा एक बाख्रीले पाँच पाठा जन्मायो ,
असार ६ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका वडान ९ भालुखोलामा एक बाख्रीले ५ वटा पाठा जनमाएको छ।
आज सम्म तपाई हामीले बढीमा तिन वा चारवटा पाठालाई जनाम्दीएको थाहा पाएका छौ तर बाख्रीले पाँचौ पाठा जन्माउनु भनेको यो नौलो कुरा हो।
गुर्भाकोट नगरपालिका वडान ९ मा युवराज ओलीको घरको बाख्रीले ५ वटा पाठा जनमाएको हो। उक्त बाख्रीले यो भन्दा अगाडीसम्म दुई वटा मात्र पाठा दिने गर्थ्यो तर आज भने ५ वटा पाठा जनमाएको हो।यो नगरपालिकामा हाल सम्मकै नौलो कुरा हो।
बाख्री उन्नतजातको रहेको स्थानिय समाजसेवी युवा विरेन्द्र ओलीले बताए। बाख्री र पाँचवटा पाठाको स्वास्थ्य ठिक रहेको पनि विरेन्द्रले बताए।
उक्त क्षेत्रमा उन्नत जातका कृषि पशुपालन ,कुखुरापालन ,तरकारी खेतिमा किसान सक्रिय छन्।
तस्विर :विरेन्द्र ओली ,

