अमेरिकी राष्ट्रपति ट्रम्पलाई गिरफ्तार गर्न वारेन्ट जारी अमेरिकामा खैलाबैला ,
असार १६ ,एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिरफ्तारका लागि ईरानले वारेन्ट जारी गरेको छ । ट्रम्पको गिरफ्तारीका लागि ईरानले इन्टरपोलसँग सहयोग मागेको छ ।
गत जनवरीमा अमेरिकाले बगदादमा गरिएको ड्रोन हमलामा मारीएका ईरानका सेना प्रमुख कासिम सुलेमानीसंग जोडीएर ट्रम्पलाई गिरफ्तार गर्न भनिएको छ।
जता जनवरीमा भएको ड्रोन हमलामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनाको संलग्नता रहेको ईरानले आरोप लगाउँदै आएको छ ।
३० जनालाई हत्याआरोप लगाईएको छ भने ट्रम्पलाई गिरफ्तारगर्ने प्रयास जारि राख्ने ईरानका एक अधिकारीले बताएका छन्।
ड्रोन हमलामा मारीएका सुलेमानीको बदला ईरानले अमेरिकासंग लिएरे छोड्ने घटना लगतै पनि बताएको थियो,भने ईरानमा रहेका अमेरिकी सैनिकलाई तत्काल फिर्ता लैजान आग्रह गरेको थियो।
ट्रम्पले भने सुलेमानी पहिलेनै मर्ने मान्छे रहेको बताएका थिए ,उने भनेका थिए सुलेमनिले आतंकवादीलाई सहयोग गर्दै आएका छन् सुलेमानीको आतंकवादी षडयन्त्र दिल्लीदेखि लन्डनसम्म फैलिएको छ ।
हामीले लक्षित सूची तयार गरिसकेका छौ , आवश्यकताअनुसार प्रत्येक प्रकारका कार्वाही गर्न तयार छौं ।
इरानका एक अधिकारी अल्कासिम्हारका अनुसार इरानले यसअघिनै इन्टरपोलसँग ट्रम्प लगायत ३० जना आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अपिल गरेको थियो ।
यो इन्टरपोलले जारी गर्ने सबैभन्दा ठूलो सूचना हुनेवाला छ । यो आदेश कार्यान्वयन भएमा तत्काल आरोपीको स्थान पत्ता लगाएर पक्राउ गर्नुपर्ने हुन्छ ।
ईरानको यो जवाफमा फ्रान्सस्थित इन्टरपोलले कुनै जवाफ दिएको छैन । सुलेमानी सन् १९९८ मा इरानी रिभोल्युसनरी गार्डस्को कुदस् सेनाका प्रमुख बनेका थिए ।
सुलेमानीलाई ईरानले हाल सम्मकै ईमान्दार र राम्रा सैनिक प्रमुख मान्ने गरेको थियो। सुलेमानीभने अमेरिकाको नजरमा आतंकवादीलाई सहयोग गर्नेमा चिनिने गर्थे।

