Gold
Bangad salyan

आज मध्यरातबाट लकडाउन हट्ने भदौ १ बाट विद्यार्थी भर्ना र पठन पाठन सुरु ,

साउन ६ ,काठमान्डौ – सरकारले गत वर्षको चैत ११ गतेबाट गरेको जारि लकडाउन आजको मध्यारातबाट अन्त्य गर्ने सरकारले घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

तेस्तै यहि ८ गतेबाट राजधानीका सार्वजानिक यातायात संचालमा आउने छन् भने १५ गतेबाट होटेल व्यवसायी संचान गर्ने पाईने भएको छ।

तर ठुला पार्टी ,भोज भतेर र कार्यक्रम भने गर्न पाईने छैन। तेस्तै भदौ १ गतेबाट आतारिक बाह्य हवाई उडान सुरु हुने छन् भने सोहि दिनबाट विद्यालयमा भर्ना अभियान शैक्षिक गतिविधि र परिक्षा संचालन सुरु गर्न सरकारले जानकारी गरेको छ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय छ ।

लकडाउन हटेपनि कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन सरकारले बताएको छ ।