Gold
Bangad salyan

वीपीको स्मृति दिवसमा नेपालि कांग्रेस नगर कार्यसमिति गुर्भाकोटको वृक्षारोपण कार्यक्रम ,

साउन ६ ,काठमान्डौ – नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३८ औ स्मृति दिवसमा गुर्भाकोट नगरपालिका सुर्खेतमा नेपालि कांग्रेस नगर कार्य समितिले वृक्षारोपण गरेको छ।

कोईरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगर कार्य समितिको आयोजनामा सिटिहल मेहेलकुना परिसर भित्र वृक्षारोपण गरिएको थियो।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुन ,नगरउपप्रमुख मैना बिक ,लगायत अन्य नेपालि कांग्रेसका पार्टी कार्यकर्ताको सहभागिता थियो।

समितिले नेपाली कांग्रेसको झण्डा फहराउदै विपिको तस्विरमा अविर माल्यार्पण पनि गरेको छ। सिटिहल भित्र नगर कर्यासा मितिले विभिन्न प्रजातिका फुल ,वृक्ष रोपेको हो।

विपी कोइरालालाई नेपाली राजनीतिका शिखर पुरुष भनेर समेत चिनिन्छ वीपी कोइरालाले देखाएको लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा कांग्रेस सदैव क्रियाशिल बन्नुपर्नेमा नगरप्रमुख हस्त पुनले बता।

तस्विर नगरउपप्रमुख मुना बिक,