Gold
Bangad salyan

चर्चित गायिका राधिका हमालले ल्याईन तीज गित माईतिको सम्झना ,

साउन १४ ,काठमान्डौ – मौलिकता झल्काउने नेपालि संस्कृति परम्परा र वास्तविक तीज गीतका सम्झना स्वरुप चर्चित गायिका राधिका हमालको स्वरमा सजिएको तीज गित माईतिको सम्झना बजारमा सार्वजनिक गरिएको छ।

महिलाहरुको जमघट र माईति घरको सम्झनामा गाईने हरितालिका तीज गित मध्ये यो गितले बजारमा दर्शकको मन जित्न सफल भएको प्रतिक्रिया आएको छ।

साथमा सोभा थापा ,निरुता खत्री ,र विद्या तिमिल्सिनाको पनि स्वर समेटीएको यो गितलाई संचारकर्मी धनराज वास्तविकले शब्द संगीत गरेका हुन्।

गीतमा मौलिक शब्द र परम्परा झल्किने गरेको पाईन्छ। वर्तमान अवस्थामा डलरको भाऊ हेर्न र कट्टु बियरले तीजमा विकृति ल्याउन थालेपछि युवाहरुले आफ्नो संस्कृतिक झल्काउने गीत बजारमा पठाउन सुरु गरेका हुन्।

जुन यो माईतिको सम्झनालाई लिन सकिन्छ।

हेर्नुहोस भिडियो ,