Gold
Bangad salyan

बाजुरामा बुढीगण्डकीको वितन्डा एक वेपत्ता दर्जन झोलुङ्गे पुल बगायो ,

साउन २६ ,बाजुरा – आईतबार बाजुरामा आएको बाढी पहिरो बुढीगंगा नदी बस्तीमा पसेको छ।

तेस्तै बडिमालिका नगरपालिका,२ घाँघर टोलमा बाढीले घर भत्काएको छ भने घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा बाढी पसेको हो।

बाढीले तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउनुका साथै बडिमालिका नगरपालिका,२ का वडा अध्यक्ष डम्बर महत्तकी आमा ६५ वर्षीया अइसेनी महत्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइको छ।

नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काएको छ, दर्जन बढी झुलङ्गे पुलहरु बगाएको छ।

नदीमा पानीको बहाब बढेपछि नदी किनारका बस्तीका स्थानीय विस्थापित भएका छन् भने लाखौँको धनमालको क्षति भएको छ,सयो चौपाया बगाएको स्थानीयले बताएका छन्।

याँहाका खेति योग्य जमिन बगरमा परिणत भएका छन् भने ज्यान जोगाउन स्थानिय भागदौड गरेको एक स्थानिले बताए।

बाजुराको अन्य स्थानमा समेत बाढी आएको र सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।