Gold
Bangad salyan

अझै केहि दिन लगातार मौसम सक्रिय ,

साउन २६ ,काठमान्डौ – हाल नेपालमा मनसुनी न्युन चापीय रेखा पश्चिम नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको हुँदा अझै चार दिन सम्म मौसम सक्रिय रहने जल तथा मौसम विज्ञानले जानकारी गरेको छ।

अहिलेपनि देशका विभिनन भू – भागमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेशका विभिन्न स्थानमा भारि वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञानको पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

तेस्तै उक्त स्थानमा नदीको पानीको बहाव बढ्ने र पहाडका भू–क्षय क्षेत्रमा बढी पहिरो हुन सक्ने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकोले सावधानी अप्नाउन शाखाले जनाएको हो।

तेस्तै आज सोमबार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा र केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम विज्ञान शाखाका अनुसार मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको प्रदेश ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको शाखाले जनाएको छ ।