कर्णालीमा थपिए ६२ जना कोरोना संक्रमित, जुम्लामा सबैभन्दा बढी ,
भदौ ५ ,सुर्खेत – कर्णाली प्रदेशमा गत २४ घन्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा जुम्लामामात्र ५२ जनासहित ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढी जुम्लाको हिमा गाँउपालिकामा ४८ जना कोरोना संक्रमित फेला परेका छन् , गाउँपालिकाको वडान १, ३, ४, ५, ६ र ७ का रहेका छन् भने जुम्लाकै चन्दनाथका ३ र कनकासुनदरीका एकजनाको रिपोर्ट पनि पोजेटिभ देखिएको हो ।
तेस्तै सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा कालिकोटका १ जना ,दैलेखमा एक ,रुकुम पश्चिम मुसिकोट नगरपालिकामा ३ जनामा कोरोना संक्रमण भेटिएको छ।
कर्णाली प्रदेशमा ३१० जना आइसोलेसनमा छन् भने १८ जना होम आईसोलेसनमा रहेका छन्। तेस्तै कर्णाली प्रदेशमा ६०३ जना क्वारेईनटाईनमा बसेका छन् भने हाल सम्म १९सय ७१ जना डिस्चार्ज भईसकेका छन् ।
कर्णालीमा कोरोनाबाट ४ जना पुरुषको मृत्यु भईसकेको छ भने अन्य दुई जना मृतकमा पनि कोरोना संक्रमणको पुस्टि भएको थियो।

