Gold
Bangad salyan

पछिल्लो २४ घन्टामा कोरोना बाट ११ जनाको मृ,त्यु ,

भदौ २२ ,काठमान्डौ – विभिन्न जिल्लामा गरि पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या ३०० पुगेको हो।

पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेमा प्रदेश एक मोरङ्गमा एक ७६ वर्षीय पुरुष ,प्रदेश सिराहा २ मा ८७ , ६२ र ३५ वर्षीय पुरुष छन्।

तेस्तै प्रदेश ३ वाग्मतीमा दोलखाका ६९ वर्षीय पुरुष र मकवानपुरमा ३९ वर्षीय पुरुषको पनि मृत्यु भएको हो।

तेस्तै बागमती काठमान्डौमा ३७ ,९० ,८३ वार्हकी महिलाको कोरोनाका कारण ज्यान गएको छ भने गण्डकी कास्कीमा ६३ वर्षकी महिला र प्रदेश पाँच बाँकेमा ५९ वर्षीय पुरुषको जिधन भएको हो।

आज देशभर थप ९७९ जना कोरोना भाईरस संक्रमणका बिरामी फेला परेका छन। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको हो।