Gold
Bangad salyan

असोज १ गते देखिने लामोदुरीका यातायात चल्न पाउने होटेल पनि खोलिने ,

भदौ ३० ,काठमान्डौ – सरकारले असोज १ गते देखिनै लामोदुरीका यातायात संचालन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

ज्ञवालिका अनुसार यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्ने र भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ । यातायात संचालनमा थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले बताए।

यात्रा गर्दा माक्स र सेनिटाईजर अनिवार्य लगाउनुपर्ने उनले बताए। तेस्तै असोज १ गतेदेखिनै होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ।

जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताए। अर्को निर्णय नहुञ्जेलसम्म यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने उनले बताए।