Gold
Bangad salyan

केहि दिनमा फेरी लकडाउन हुने ,

असोज १३ ,काठमान्डौ – नेपालमा पुन: लकडाउन हुने संकेत गरिएको छ। आजको मिति सम्म नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ३९६ जनाको उपचार भईरहेको छ।

सरकारले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुग्नासाथ नेपालमा पुन:लकडाउन गर्ने जानकारी गरेको थियो। तेस्तै दैनिक जस्तो नेपालमा उपत्यकादेखि विभिन्न जिल्लामा कोरोना संक्रमित बढिरहेका छन्।

आज मात्र नेपालमा १५१३ जना कोरोना संक्रमित फेला परेका छन् भने उपत्यकामा मात्र ९३४ जना कोरोना संक्रमित फेला परेका हुन्।

हाल कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । ति मध्ये ५५,३७१ जना डिस्चार्ज भईसकेका छन्।

१२ वर्ष मुनि र ६० वर्ष माथिका ब्याक्तिहरु अत्यावस्यक काम नपरी बाहिर निक्लन नहुने र निक्लनैपरे स्वस्थ्य मापदण्ड प्रयोग गरिदिनुहुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।