प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीमा पनि देखियो कोरोना ,
असोज १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा खटिएका ६७ जना aसुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको वालुवाटार श्रोतले जनाएको हो ।
यी सबै प्रधानमन्त्री निवासको बाहिरी घेरामा खटिएका सुरक्षाकर्मि हुन् । पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने हाल सम्म संक्रमण फेला परेको छैन ,केहिको रिपोर्ट भने आउन बाँकी छ।
तेस्तै आजै प्रधानमन्त्रीका प्रेश सल्हाकार सुर्य थापा लगायत तिन सल्हाकार र स्वकीयमा कोरोना पुष्टि भएको छ।

