तानशाहको ढल्नेबेला निभ्न लागेको बत्ति रामकुमारी झाँक्री, ,
माघ २९ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव नेपाल समूहकि नेतृ रामकुमारी झाँक्रीले तानशाहहरु ढल्दा यस्तै हुन्छ बताएकि छिन।
आफुलाई पक्राउ पुर्जीबिनानै निवासमा प्रहरीले गिरफ्तार गरेपछि जानेबेलामा झाक्रीले तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ यो लोकतन्त्रको उपहास हो ,झाक्री पक्राउ परेपछि उनका समर्थकले चर्को नाराबाजी गरेका छन्।
समर्थकले प्रतिगमन मुर्दावाद ,राम कुमारी झाँक्री हाईहाईका नारा लगाएर नाराबाजी गरेका थिए। नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन ।
झाक्रीले अगाडी भनिन हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’।
पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’ उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।यस अघि झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिएको थियो।
झाक्रीले गोरखाको एक कार्यक्रममा बोलेकी थिइन् ,राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु : निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’
राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न अनेम संघले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत ज्ञापनपत्र बुझाएका थिए। सोहि आधारमा झाक्रीलाई सरकारले गिरफ्तार गरेको छ।

