Gold
Bangad salyan

गोरखाको बारपाक घटना निस्पक्ष छानबिन गर्न बाबुराम भट्टराईको माग ,

फागुन १० ,काठमान्डौ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बारपाक सुलिकोटको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

नेता भट्टराईले सोमबार सामाजिक संजाल ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबि गर्न माग गरेका हुन्। हाल डा.भट्टराई उपचारका क्रममा भारतको नयाँ दिल्लीमा छन्।

उनले ट्वीटमा लेखेमा छन्- ज्यादै दु:खद घटना ऐतिहासिक बारपाक-सुलीकोटको! घटनाको निष्पक्ष र तथ्यगत छानबिन होस्! सहर मात्र हैन गाउॅघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं।

बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा शनिबार राती एउटै घरमा सुतेका एक पुरुष र दुई महिला आइतबार मृतावस्थामा भेटिएका थिए।मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् ।

मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। सोमबार अबेरसम्म पनि कोही नउठेपछि स्थानीय डिलबहादुरको घरमा पुगेर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि बारपाक प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।