सर्वोच्चको फैसलालाई स्वागत गर्दै देशभर दीप प्रज्ज्वलन,
फागुन ११ ,काठमान्डौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि देशभर शान्तिको दिप प्रज्वलन गरिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा दिप प्रज्वलन गरिएको हो।

नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशीलले देशभरमा दीप प्रज्ज्वलन गरेका हुन् । यस्तै, काठमान्डौको शान्तिवटिका ,माईतिघर नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।





