Gold
Bangad salyan

सुर्खेतको सिम्तामा आगलागीबाट एक महिलाको ज्यान गयो एक गम्भीर घाईते ,

चैत १४ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतको सिम्ता गाँउपालिका २ निवासी नैनसरा खत्रीको आगलागीमा परेर मृत्यु भएको छ। प्रगतिशील सामुदायिक वन काफलकोटमा लागेको आगो नियन्त्रणगर्ने क्रममा घाईते खत्रीको नेपालगंज भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

४५ वर्षीय मृतक नैनासरा खत्रीका ३ छोरा र १ छोरी छन्। तेस्तै वनमा लागेको डढेलो नियन्त्रमा गम्भीर घाइते भएकि स्थानीय चन्द्रा सिंहलाई उपचारको लागि काठमान्डौ पठाउने तयारि भईरहेको छ। घाईते सिंहलाई अहिले एम्बुलेन्समार्फत तुलसीपुरसम्म ल्याईएको स्थानीय मंगल खत्रीले बताए ।

यो वर्ष चैतको दोस्रो हप्तामै देशभर वनजंगलमा डढेलो फैलिएको छ । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै ४३७ ठाउँका वनजंगलमा आगलागी भइरहेको छ ।गएको पाँचवर्ष सम्ममा योव बर्षमा अत्यधिक आगलागी भएको वन विभागले जनाएको हो।

तस्विर: मानसिङ्ग ठकुरीको सामाजिक संजालबाट ,