Gold
Bangad salyan

घाँस काट्न गई वेपत्ता भएका बालिकाहरु बिहारमा फेला परे ,

चैत १८ ,महोत्तरी – मंगलबार घाँस काट्न गई वेपत्ता भएका महोत्तरी, भंगाहाका ७ जना किशोरी तथा बालिका भारत विहारको सीतामढीमा फेला परेका छन् ।

सबै बालबालिका बिहारको सितामढिमा फेलापरेको भनि बिहार पुलिसले नेपाल प्रहरीलाई खबर गरेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए। मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका किशोरीहरू नफर्किएका हुन् ।

बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेका बालिका किशोरीहरु साँझा सम्म घर नफर्कीएपछि परिवारले प्रहरीमा अखबार गरेका थिए ,आज बिहानमात्र उनीहरु बिहार पुगेको खबर आएको छ ,भारतीय प्रहरीले समातेर राखेको छ ,अब नेपाल प्रहरी बिहार पुग्ने छ उनीहरुलाई हस्तान्तरण गरिने छ।

नेपाल ल्याईसकेपछी उनीहरुलाई आफ्नो परिवारको जिम्मा लगाईने पनि शाहले जानकारी दिए। बालिकाहरी किन बिहार पुगे र कसले लग्यो भन्नेबारे भने थप जानकारी आउन बाँकी छ।