Gold
Bangad salyan

गुर्भाकोट नगरपालिकामा काङ्ग्रेस कार्यकर्ता माओवादी केन्द्रमा पार्टि प्रबेशको लहर ,

चैत १८,सुर्खेत – गुर्भाकोट नगरपालिका १० मा नेपाली काङ्ग्रेसका दर्जनौ बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन। वडा कमिटीले हिजो १७ गते आयोजना गरेको जन्तासंग माननीय जनता साक्षात्कार कार्यक्रममा उनिहरु काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेस सभा सांसद ठम्मर बहादुर बिष्टले स्वागत गरेका छ्न ।साथै कार्यक्रमकाम बोल्दै सांसद बिष्टले नव प्रवेशिहरुलाइ उचित अबसर दिने र आफ्नो निर्बाचन क्षेत्रमा जनताहरुको जिबनस्तर माथी उकास्न र बिकासलाइ तिब्रता दिन आफू सदै कटिबद्ध रहेको बताएका हुन ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला कमिटी सद्स्य तथा नगरकमिटी अध्यक्ष मोति बि क , उपाध्यक्ष यज्ञ बि क , कोषाध्यक्ष जनकराज रेग्मी, प्रदेश परिषद सद्स्य भक्त केस ,जिल्ला कमिटी सद्स्य युबराज शर्मा र नगरकमिटि सद्स्य,वडा कमिटी सद्स्य, पार्टी आस्थावान बुद्धिजीवी ,शिक्षक संघठन लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।