Gold
Bangad salyan

उपत्यका छोड्नेलाई दुई दिन समय दिन्छौ, काठमान्डौका प्रजिअ कालिप्रसाद पराजुली ,

बैशाख १३ ,काठमान्डौ – राजधानीका तिन जिल्लामा निषेधाज्ञा लाग्नु भाड्न पहिले चेन ब्रेक लगाईने भएको छ। सुरुमै लकडाउन लगाउनुभन्दा पहिले नागरिकलाई आ आफ्नो घर जानको लागि दिऊ दिनको समय पनि दिइने भएको हो।

लक्डाउन लगाउनु रहर नभई बाध्यता भएको पनि काठमान्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। अहिले आफुहरुले तिन जिल्लाका सिडियोहरु बसेर खाका कोरेको र यो विषयमा डाक्टर,स्वास्थ्य मन्त्रालय गृहमन्त्रालयसंग पनि परामर्श गरिरहेको र सांझा सम्म सुचना सार्वजानिक गरिने उनले बताएका हुन्।

आम नागरिकलाई दुख नदिने गरि केहि क्षेत्रलाई बन्द गरे कि भनें बारेमा हामिले छलफलमा प्रस्ताव गरिरहेका छौ। बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसावले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।

लकडाउन गर्नुभन्दा पहिले आम सर्वसाधारणमा स्वस्थ्यमापदण्ड पालना गर्न भनिएपनि तेसो हुन सैकन ,हामीलेपनि लकडाउन त गरेकै हो तर अब लकडाउन गर्ने वा एक हप्तासम्म निषेधाज्ञा गर्ने भन्ने बारेमा हामि छलफलमा छौ पराजुलीले भने। तेस्तै कोरोना भयावह नहोस भनेर सबै नागरिक सचेत हुन पनि उनले आग्रह गरे।