Gold
Bangad salyan

एकै दिन थप ५८ जना कोरोना संक्रमितको मृ,त्यु ,

बैशाख २२ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट ५८ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो संगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३,हजार ४७५ पुगेको छ।

यस्तै आज देशभरमा ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ । २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका छन्।

यो पछि कोरोना मुक्त हुनेको संख्या २लाख ८९,हजार ७८३ पुगेको हो। अहिले देशभरका क्वारिनटिनमा ३८१ जना रहेको स्वस्थ्य मन्त्रालयले जनाएको छ।यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।