भ्रष्टाचार भयो भन्दै सरकारमाथि हिलो छ्यापियो:प्रधानमन्त्री ओली
वैशाख २७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को महामारीमा फसिरहेको बेला कोहि कसैले भ्रष्टाचार गर्छ भने तेस्लाई नछोडिने बताए।
सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको बेला कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षमा नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताए ।सरकार समृद्द नेपाल सुखी नेपालको बाटोमा हिडिरहेका र नरोकिने उनले बताए।

