दुई तिहाईको सरकारले तीन वर्ष नपुग्दै विश्वासको मत माग्नु विडम्बना देउवा ,
वैशाख २७ ,काठमान्डौ -प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुलाई आरोप लगाई प्रधानमन्त्री ओली पन्क्षिन नहुने बताएका छन्।ओलीलाई देश र जनताका हितमा काम गर्न कहाँ कसले रोक्यो भन्दै देउवाले प्रश्न गरेका हुन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै देउवाले यो सरकारले वितेका तीन वर्षमा ठुला ठुला भ्रस्टचार गरेको बताए ।
त्यस्तै संसदीय निर्वाचनमा तत्काल एमाले र माओवादीको गठबन्धन मिलेर सरकार बनेको भन्दै तीन वर्ष नपुग्दै बहुमत पाएको प्रधानमन्त्रीले विश्वासको मत माग्नु विडम्बना भएको देउवाले बताए।
प्रधानमन्त्री आफैले निम्त्यायको समस्याले यो दिन आएको देउवाले बताए।यस्तै प्रधानमन्त्रीले अहिले सम्म गरेका कृयाकलापलाई हेर्दा नेपाली कांग्रेसले विपक्षमा मत गर्ने देउवाले बताए।
,

