Gold
Bangad salyan

प्रधानमन्त्रीले यो संसदलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र: प्रचण्ड ,

वैशाख २७ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै दाहालले यस्तो बताएका हुन्। त्यस्तै प्रधानमन्त्री ओलीले यो संसद र यी सांसदलाई विश्वासको मत माग्ने नैतिकता नरहेको पनि प्रचण्डले सुझाव दिएका हुन।

तेस्तै अहिले आफू प्रधानमन्त्रीको विपक्षमा बोल्दा सन्तुष्टि महसुस भएको पनि सुनाए। दाहालले अहिले संविधानलाई कोरोना लागेको जस्तो भएको र त्यसको जिम्मेवार ओली रहेको पनि बताए ।

तेस्तै प्रधानमन्त्री ओलीले सबैलाई आफ्नो पक्षमा मत माग्नु भएको छ म भने सबैले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्नुहोस नयाँ ईतिहास रचऔ नयाँ सरकार गठन गरौ प्रचण्डले भने।