बस दुर्घटना एक जनाको शव निकाल्न मिलेने क्रेन बोलाउनुपर्ने
जेठ ५ ,काठमान्डौ – आज बिहानै काठमान्डौबाट रुकुम पश्चिम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।बसलाई रुखले रोकेका कारण थप मानवक्षति हुन पाएन,,
मृत्यु हुनेमा रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुन रहेका छन् । अन्य दुईजनाको सनाखात हुन् नसकेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिए ।
उनका अनुसार एक जनाको शव बसले च्यापीएको छ ,निकाल्न मिल्दैन क्रेन बोलाएर मात्र बसलाई उचालेर शव निक्लने तयारि भईरहेको छ। बसमा ५८ यात्रु रहेका मध्ये ४९ जना घाईते छन् ति मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
घाइते सबैको अहिले चिसापानी अस्पताल बर्दघाटमा उपचारका भईरहेको छ ।काठमाडौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको थियो।
बस पहाडबाट १ सय ५० मिटर तल खसेर रुखमा अडिएको छ ।रुखमा बस अडकिएका कारण थप मानवीयक्षति हुन बाट बचेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको केसीले बताए।

