आज थप ८१७३ संक्रमित थपिए २४६ को मृ,त्यु
जेठ ५ काठमान्डौ – गत २४ घन्टामा देशभरबाट ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत२४ घन्टामा ७ हजार ९८९ जना डिस्चार्ज भएका छन् भने २४६ जनाको कोरोनाबाट मृत्यु भएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ९८८ भक्तपुरमा २२८, र ललितपुरमा २७० गरी उपत्यकामा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।यस्तै हाल ८५४ जना क्वारिन टिनमा अरहेको पनि मन्त्रालयले जनाएको हो।

