प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
जेठ ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।
बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकस्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् । अकस्मात ओलीले पत्रकार सम्मेलन बोलाएपछि सबैले चासोका साथ हेरीरहेका छन्।

