Gold
Bangad salyan

काल नजिक आएपछि मान्छेको मतिभ्रष्ट हुनेगर्छ पूर्वसचिव उपाध्या

जेठ ८ ,काठमान्डौ – नेपाल सरकारका पूर्वसचिव समाजसेवी भिम उपाध्याले काल नजिक आएपछि मान्छेको मतिभ्रष्ट हुने बताएका छन्। प्रधानमन्त्री ओली र रास्ट्रपतिले देशको संघिय गणतन्त्रमाथि पटक – पटक हमला गरे लगतै उनले चर्को आलोचना गर्दै यस्तो बताएका हुन्।

मुलुकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मरेको ३ वर्ष भईसकेको र यसको अन्तिम दाहसंस्कार गर्न आफन्तहरू जुटी नसकेकोले ढिला भएको उपाध्याको भनाई छ ।

गैरकम्युनिष्ट हिन्दु राष्ट्र नेपाल नबनेसम्म यस्ता हलचल भइरहनेछन्। मैले पटक पटक भनिसकेको छु अहिलेका देश भँडुवा राजनीति र नेताहरू नै मूल समस्या हुन,यिनको लत्तो लाग्न छाडौँ,नयॉ देशका लागि नयॉ सोच नयॉ विकल्पमा एकजुट भएर अघि ब्दहना पनि उपाध्याले आवाहन गरेका छन् ।

जजसले ९ वर्ष लगाएर यो संघीय गणतन्त्रसहितको संविधान बनाए तिनले नै ५ वर्षमा च्यातेर धुजाधुजा पारिसके। अहिले यो मुलुक बिनासंविधानमा चलेको राणाकाल जस्तै भइसकेको उनले भने ।

आजसम्म ७ दशकको राजनीतिक प्रयास ३ वर्षमै सोत्तर भयो। अब यसको दाहसंस्कार गरेर नयॉ जीवन जिउन सुरू गरौँ। न यो राजनीतिक ब्यवस्थाले काम गर्न सक्छ, न यो ट्वाईलेट पेपर जति पनि काम नलाग्ने संविधानले देश चल्छ।

ठण्डा दिमागले विगतका राजनीतिक ब्लण्डरलाई स्विकारेर देशको हावापानी, माटो, संस्कार, संस्कृति र विरासत अनुरूपको राजनीतिक ब्यवस्था पुन: सुरू गरौँ।

भारत आफ्नो मुलुकमा झैँ नेपालमा कम्युनिष्ट सोत्तर परेको हेर्न लालायीत छ- खॉटी कुरा र अहिलेको मुलुकको विकसित राजनीतिक हलचल त्यसकै परिणाम हो। म यी घटनाक्रमलाई एकदम स्वाभाविक मानिरहेको छु। काल नजिक आएपछि मान्छेको मतिभ्रष्ट हुनेगर्छ।

गन्तब्य प्रष्ट थियो र छ- गैरकम्युनिष्ट हिन्दु राष्ट्र नेपाल नबनेसम्म यस्ता हलचल भइरहनेछन्। विगतका हलचलहरू कम्युनिष्टहरूलाई उचालेर, एकिकरण गराएर, सत्ता कब्जा गराएर अनि उत्तानो टाङ लगाएर कम्युनिष्ट सोत्तर पार्ने सुविचारित सुनियोजित भविष्यमूखि क्रियाकलाप थिए, मैले यो कुरा पनि पटक पटक भनिसकेको हुँ। भारतमा विगत ८ वर्षदेखि लगातार बिजेपीको शासन छ, त्यहॉ कॉग्रेस र कम्युनिष्ट स्थायी वनबास लागिसकेका छन्, बस यही हो- नेपालको हुनेहुनामी प्रष्ट छ उनले भने ।