गुण्डा नाइके गणेश लामा पोखराबाट प,क्राउ
पोखरा – गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ परेका छन्। लामा सहित तिन जनालाई पक्राउ गरिएको र सोधपुछको लागि इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ किन गरियो भन्ने भने प्रहरीले बताएको छैन। हमालका अनुसार निषेधाज्ञा उल्लंघन गरिएको पाईएको छ। तर राजनीतिक चलखेलका लागि सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका उनलाई पक्राउ गरिएको पाईएको हो।
मनाङ्गे आज गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्तिथित भएर सम्पर्कविहिन भएका थिए।विपक्षीको पक्षमा मत हाल्न छलफल गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको जनाएको हो । दीपक मनाङ्गेले जता बहुमत हुन्छ तेतै मत हाल्ने जनाएका छन्। उनको मतले विपक्षिको सरकार सजिलै बन्ने देखिन्छ।

