Gold
Bangad salyan

नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत २० नागरिक अभियन्ता पक्राउ

जेठ २८,काठमान्डौ – बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत २० जनालाई पक्राउ गरिएको छ ।

अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारी तयारीविरुद्ध प्रदर्शनमा उत्रिएका अभियन्तालाई प्रहरीले हस्तक्षेप गर्दै बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो ।पक्राउ गरिएका नागरिक अगुवाहरुलाइ अहिले महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।