Gold
Bangad salyan

विषयम परिस्तिथिलाई मध्यनजर गर्दै निर्माण भयो बाँचे र पो देख्न पाईयो दर्शन बोलको गित भिडियो सहित

जेठ २९ ,काठमान्डौ – कोरोनाको विषम परिस्तिथिमा एक अर्कोले भेट्न नपाको बेलैमा बाँचे र पो पाईदो रैछ दर्शन बोलको गितले समयसपेक्ष दर्शकको मनजित्न सफल भएको छ।

गितमा एचबिएन किस्मत र जमुना सनमको स्वर रहेको छ भने गितको संगीत पनि किस्मतकै रहेको छ । नेपाली गित संगीतमा एचबिएन किस्मतले गरेका मिक्सिङ्ग र मास्टरिङ्गले चर्चा पाएका छन् ।

नेपाली लोकदोहोरी क्षेत्रको ईतिहास राख्न सफल गित सालको पात टपरीलाई पनि किस्मतले मिक्सिङ्ग गरेका हुन्। गायिका जमुना सनमका गित रातो घलेकिमा ,बग्यो खोलि सगर भेट्नलाई ,हिजोराति के -के भो लगायतका गित बजारमा चर्चामा छन्।

त्यस्तै पछिल्लो समयमा गित संगीतमा चर्चा पाउन सफल गायक सर्जक राजु सुनामले यो गितमा शब्द कोरेका हुन्। बहुचर्चित सर्जक राजु सुनामले थुप्रै गितमा स्वर भरेका छन् उनले पछिल्लो समयमा गितलाई संगीत् तथा एरेञ्ज गर्ने गरेका छन्।

निर्देशक मौसम हिमालीले भने पहिलोपटक गितमा अभिनय गरॆका छन् ,सयौ गितमा निर्देशन गरेर नाम कमाउने गरेका मौसम हिमालीले यो विषम परिस्तिथितिमा अभिनय गर्नुलाई दर्शकले चासोका साथ् हेरेका छन्। गितमा मौसमलाई बिना विश्वकर्माले साथ् दिएकि छिन।

करोडौ दर्शको मन जित्न सफल गितलाई छायांकन गरेका क्यामेरा पर्सन करन चैसिरले बाँचे र पो देख्न पाईयो दर्शन गितका तस्विर क्यामेरामा कैद गरेका छन्।गितलाई गायक जमुना सनमको अफिसियल युटुबमार्फत बजारमा पठाईएको हो।

यस्तो छ भिडियो ,