Gold
Bangad salyan

गण्डकीको बजेट ३० अर्ब ३ करोड प्रदेशका सबै नागरिकलाई कोरोना विरूद्धको खोप उपलब्ध गरिने

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेश सभामा उक्त बजेट वक्तव्य पेश गरेका हुन्। बजेटमा प्रदेशका नागरिकलाई कोरोनाबाट बच्न र यसबाट पर्न सक्ने असरलाई प्राथमिकतामा राखिएको छ ।

जुन चालु आर्थिक वर्षको भन्दा ४ अर्ब रुपैयाँ कम हो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल सरकाले दिएको अनुदानमा कमी प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेकोले आगामी वर्षको बजेटमा ४ अर्ब १० करोड रूपैयाँ न्यून रहेको बताए।

पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ भने पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ ।

वित्तीय व्यवस्थातर्फ २८ करोड रुपैयाँ अनुमान गरिएको छ ।बजेटको स्रोततर्फ राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टीबापत ३० करोड र आन्तरिक राजश्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख रुपैयाँ अनुमान गरिएको छ ।

संघमार्फत वित्तीय समानीकरण अनुदान ७ अर्ब रुपैयाँ ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख र विशेष अनुदान ५४ करोड ९० लाख रुपैयाँ छ ।

budget-gandaki