सैनिक जवानले आफैंलाई राइफलले गोली हाने
असार ७ ,वीरगञ्ज – पर्साको वीरगञ्ज, ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाहीले आफैलाई गोलि हानेका छन्।
आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेकाबेला २२ वर्षीय श्यामबाबु प्रसाद चौहानले गोली प्रहार गरेका हुन्। पोखरिया नगरपालिका ५ सतवरिया घर भएका उनि गोलि लागेर गम्भीर घाईते छन्।
राइफलले आफ्नो चिउँडो मुनिबाट हानेको देखिन्छ। गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको छ। घाइते भएका चौहानलाई नारायणी अस्पतालमा लगिएको थियो।
त्यहाँ प्रारम्भिक उपचार पछि नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गोलि किन हानियो भन्ने बारेमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ।
उनले गोलि आफै हानेका हुन् वा बोकेको राईफल पड्किएर गोलि लागेको हो अनुसन्धान भईरहेको छ। उनीमाथि एन–१६ राइफलको गोली लागे र बाहिर निस्कीएको देखिन्छ।

