Gold
Bangad salyan

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध दोस्रो डोज दिने

सार ७ ,काठमान्डौ – ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध दोस्रो डोज कोभिसिल्ड खोप लगाउने भएको छ।

महानगरले सूचना जारी गर्दै बुधबारदेखि दोस्रो मात्रामा खोप लगाइने आठ वटा खोप केन्द्र तोकेको छ।वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले मात्रै खोप लगाउन पाउने छन्।

७७ वर्ष माथिका २ हजार दुई सय २० जनालाई कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागिएको हो। बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजे अम्म खोप लगाईने महानगरले बताएको छ।