Gold
Bangad salyan

उपत्यकामा ४ चार सय ६१ जना कोरोना संक्रमित थपिए

असार २० ,काठमान्डौ – काठमाडौं उपत्यकामा ४ चार सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

त्यस्तै गत पछिल्लो २४ घन्टामा नेपालभरीबाट थप १६०३ कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गत २४ घन्टामा थप २५५२ कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

पछिल्लो समयमा थप कोरोनाबाट २७ जनाको ज्यान गएको छ। हाल सम्म नेपालमा ९,२२५ जनाको कोरोनाबाट दुखद निधन भएको छ ।