शिक्षा मन्त्रीविरूद्ध रूपा सुनारले हालेको मुद्दा न्यायाधीश सुवेदीको इजलासमा सुनुवाइ हुने
असार २१,काठमान्डौ – सञ्चरकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्चमा दायर गरेको रिट मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ ।
उनले आइतबार जातकै कारण कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।
काठमान्डौ बबरमहलस्थित घरबेटि सरस्वती प्रधानले पहिले कोठा दिन पक्का भएपनि पछि आफू तल्लो जात भएको थाहा पाएपछी कोठा दिन अस्विकार गरेको रिटमा उल्लेख गरेकी छिन ।
उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरेकी छन् ।
यसैगरी शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहिको माग गरिएको छ ।
रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरि तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो ।
तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको अवस्थामा मन्त्री श्रेष्ठलेले आफू प्रहरी कार्यलयमै पुगेर प्रधानलाई रिहा गराई आफ्नै झन्डावाला गाडीमा लगेर गएका थिए । त्यसपछि मन्त्रीको चौतर्फी आलोचना र राजिनामा माग गरिएको थियो ।

